Erani Mahal
गुल्मीमा पहिराेले पुरिएर तीन जनाकाे मृत्यु
pairoo
तिलाचन पाण्डे, गुल्मी - गुल्मीमा पहिरोले घर पुरिदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ । जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा तिलक परियारको घर माथिबाट पहिरो आई घरको कोठामा सुतिरहेका छोरीहरु २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयाे । बुधबार राति १ बजेतिर घरमाथिबाट पहिरो आई घरको पर्खाल भत्किदा एउटै कोठामा सुतिरहेका तीन जनाको पुरिएर मृत्यु भएको पाण्डेले बताउनुभयाे । पहिराेले पुरिएर मृत्यु भएका तीनै जनाकाे शब स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीकाे सहयाेगमा निकालिएकाे प्रहरीले जनाएकाे छ । तीन जनाकाे शब पाेष्टमार्टमका लागि गुल्मी अस्पतालमा राखिएको छ । तिलक परियार, उहाँकी श्रीमती र अर्की छोरी भने सुरक्षित रहेको र उनीहरुलाई छिमेकीको घरमा स्थानान्तरण राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update