Erani Mahal
तानसेनमा एमसीसीकाे विपक्षमा चार दलकाे बिराेध प्रदर्शन
20210919125103_IMG_2692
पाल्पा - मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता नेपालकाे लागि अनुपयुक्त रहेको भन्दै पाल्पाका चार पार्टीले प्रदर्शन गरेका छन् । राष्ट्रिय जनमाेर्चा पाल्पा, विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माअाेवादी) र नेकपा(माले)ले संयुक्त रुपमा तानसेनकाे विभिन्न स्थानमा प्रदर्शन सहित बराेध र्याली गरेका हु्न् । विरोध सभाको अध्यक्ष राष्ट्रिय जनमाेर्चाका नेपाल,पाल्पा जिल्ला अध्यक्ष विशाल दर्लामिले गर्नु भएको थियोे भने कार्यक्रम प्रमुख अतिथि राष्ट्रिय जनमाेर्चा केन्द्रीय सदस्य तथा युवक संघका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे, अतिथिहरु नेपाल कम्युनिस्ट पार्टीका पाल्पा जिल्ला सचिव भुवन जिसी, नेकपा(क्रान्तिकारी माअाेवादि) पाल्पा जिल्ला ईन्चार्ज टीका राना, नेकपा(माले)का अध्यक्ष धनराज पाैडेल, नेकपा(क्रान्तिकारी माअाेवादि)का अग्रज नेता मानध्वज श्रेष्ठ, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य नरमर्ति सिंजालि लगायतको उपस्थिति रहेकाे थियोे । बिराेधसभामा प्रमुख अतिथि अखिल नेपाल युवक संघका केन्द्रीय अध्यक्ष अनिल किशोर घिमिरे, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव भुवन जिसी,नेकपा(क्रान्तिकारी माअाेवादि)काे जिल्ला ईन्चार्ज टीका राना, नेकपा(माले)का जिल्ला अध्यक्ष धनराज पाैडेल तथा कार्यक्रमका अध्यक्ष राष्ट्रिय जनमाेर्चाका जिल्ला अध्यक्ष बिशाल दर्लामीले एमसीसी देशका लागि घातक रहेकाे दावी गर्नुभयाे । उहाँहरूले विदेशीले नेपालमा सैन्य हस्तक्षेप गर्न एमसीसी सम्झाैता गर्न खाेजेकाे र त्याे नेपाली जनतालाइ मान्य नहुने जिकिर गर्नुभएकाे थियाे । बिराेधसभा कार्यक्रम संचालन नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य मीन बहादुर अालेकाे संचालनमा भएकाे थियाे ।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update