Erani Mahal
पाल्पा कोरोना अपडेट:१६ जनामा कोरोना संक्रमण पुष्टि
Coronavirus_H
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका १ जना,बगनासकाली गाउँपालिकाका ३ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना,तिनाउ गाउँपालिकाका १ जना,रम्भा गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका ७ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल १२८ जनाको कोरोना परीक्षण गरिएकोमा १० जना महिला र ६ जना पूरुष संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले मंगलबार २० जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १८१ पुगेको छ । सक्रिय संक्रमितमध्ये १६४ जना होम आइसोलेसनमा र १७ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update