Erani Mahal
ज्ञानमाला संघ आनन्द विहार तानसेनको अध्यक्षमा  उत्पल बज्राचार्य
j
पाल्पा- ज्ञानमाला संघ आनन्द विहार तानसेन पाल्पाको ७४ औं साधारण सभा तथा अधिवेशन तानसेनमा भएको छ । सभाले उत्पल कुमार बज्राचार्यको अध्यक्षतामा १५ सदस्ययीय कार्यसमिति गठन गरेको छ । जसमा सरोजलाल शाक्य निर्वतमान अध्यक्ष, संजयराज शाक्य उपाध्यक्ष, ज्ञानेन्द्रकाजी शाक्य महासचिव, बसन्तलाल बज्राचार्य कोषाध्यक्ष, दिनेश शेखर बज्राचार्य सचिव रहनुभएको छ । यस्तै सदस्यहरुमा शोभामा बज्राचार्य, सरविन्द्रमान बज्राचार्य, नारायण बहादुर बज्राचार्य, प्रभा शाक्य,जितेन्द्र बहादुर बज्राचार्य, रुपा शाक्य, विजय बुद्धाचार्य, राजेश काजी शाक्य र योगमाया गाहा रहनुभएको छ । कार्यसमितिको २०७८-०७१ का लागि नयाँ समिति बनेको हो । सभा निर्वतमान अध्यक्ष सरोजलाल शाक्यको अध्यक्षतामा भएको थियो । प्रमुख अथिति भिक्षु रेवतबोधी महास्थविर ज्यूको उपस्थितिमा निर्वाचन अधिकृत देव प्रसाद बज्राचार्यले सो नयाँ कार्यसमितिको निर्वाचन सम्बन्धी कार्य सम्पन्न गर्नु भएको थियो । कार्यक्रम मा निवर्तमान अध्यक्ष सरोज लाल शाक्य, पूर्व अध्यक्षहरु रत्नमान बज्राचार्य, सर्जु लाल बज्राचार्य, विश्व मान बज्राचार्य, देवेन्द्र मान शाक्य, विनय राज बज्राचार्य ले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । साथै बौद्ध महिला सेवा समितिका का वा अध्यक्ष कृष्नकली बज्राचार्य, धर्मचक्र बौद्ध युवा संघ का अध्यक्ष दिनेश बहादुर बज्राचार्य, करुणा बौद्ध संघ का सचिव मदन लाल बज्राचार्य, र ज्ञानमाला सभा को अध्यक्ष्य बुद्ध रत्न शाक्य ले शुभकामना व्यक्त गर्नु भएको थियो । सो अवसरमा प्रमुख अतिथि भिक्षु रेवतबोधी महास्थविर ज्यूले धर्म देशना समेत दिनुभएको थियो।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update