Erani Mahal
मृगाैला पीडित रानाकाे उपचारमा सहयाेग गर्न अपील
Untitled-1
पाल्पा – निस्दी गाउँपालिका–२, सहलकोट निवासी १९ वर्षीय बादल रानाको दुबै मृगौलाले काम गर्न छाडेको छ । १९ वर्षका रानाको उपचारका लागि आर्थिक अभाव भएको छ । मृगौला पीडित रानाको मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले बताएका छन् । तर मृगौला प्रत्यारोपणका लागि आर्थिक अभाव भएको परिवारले बताएका छन् । रानाले विगत दुइ महिनादेखि डायलासिस गरिरहनुभएकाे छ । दुबै मृगौलाबाट पीडित रहनुभएका रानाको हाल तानसेनस्थित सामुदायिक डायलासिस केन्द्रमा डायलासिस भइरहेको छ । उहाँको उपचारका लागि सहयोग अभियान संचालन भईरहेको छ । यद्यपी हालसम्म उपचार खर्च पुग्ने गरी सहयोग रकम उठ्न नसकेको सहयोग अभियानमा खट्नुभएका शिक्षक खुम सारुमगरले जानकारी दिनुभयो । रानाको परिवारमा छ जना सदस्य हुनुहुन्छ । तर कसैको पनि आयस्रोत नभएको र उपचारका लागि सम्पत्ति समेत छैन । यसले मृगौला पीडित छोराको उपचारका लागि आर्थिक अभाव भएको बावु भक्तबहादुर रानाले अपील गर्नुभएको छ । परिवारमा साँझबिहान खानलाउन समेत धौ–धौँ छ, छोराको उपचार कसरी गर्नु बावु भक्तबहादुरले भन्नुभयो कोही कसैले मानवीय नाताले सहयोग गर्नुभयो भने छोरा बच्न सक्छ । उहाँले छोराको उपचारका लागि स्वेदश र विदेशबाट समेत सहयोग गर्न आग्रह गर्नुभयो । छोराले केही गर्ला भन्ने उमेरमा मृगौला फेल भएपछि परिवार थप विछिप्त बनेको शिक्षक सारुले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, असोज ५, २०७८  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update