Erani Mahal
तानसेन अर्चलेका महिलालाई बाख्रा उपहार
bba
पाल्पा– तानसेन नगरपालिका अर्चलेमा किसानहरुलाई बाख्रा उपहार प्रदान गरिएको छ । तानसेन नगरपालिका र हेफर इन्टरनेश्लको सहयोगमा परियोजना क्षेत्रका किसानलाई बाख्रा वितरण गरिएको हो । तानसेन ५ अर्चलेमा तानसेन नगरपालिका हेफर प्रोजेक्ट नेपाल को आर्थिक सहयोग तथा ग्रामीण आर्थिक बिकास सघ (रेडा) द्वारा संचालित कृषि तथा पशु उधमशिलता बिकास परियोजना अन्तर्गत आदर्श स्वावलम्बन महिला द्वारा उपहार महिला समुह लाइ बाख्रा उपहार दिइएको हो । कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही, हेफर इन्टरनेश्नल नेपालका प्रमुख तीर्थ रेग्मी, हेफरका कार्यक्रम अधिकृत अनन्त सिलवाल, तानसेन नगरपालिकाका प्रशासकीय अधिकृत पिताम्बर पाण्डे, सामाजिक विकास अधिकृत भरत आचार्य, रेडाका कार्यकारी निर्देशक लिला बहादुर कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख शाहीले बाख्रापालन सँगै स्थानीय रुपमा महिलालाई आय आर्जनमा लगाउन कार्यक्रमले सहयोग गर्ने बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update