X
40
Shares

काेराेना राेकथाम गर्न वडा वडामा एन्टिजेन परीक्षण गर्दै गुल्मीदरबार गाउँपालिका

रानीमहल संवाददाता || ४ आश्विन २०७८,सोमबार १९:२२

गुल्मी- गुल्मीदरबार गाउँपालिकाले प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुबाट एन्टिजेन परीक्षणको अभियान नै चलाएको छ । संक्रमितहरुको पहिचान गर्नका लागि सात वटै वडाका स्वास्थ्य संस्थाहरुबाट एन्टिजेन परीक्षणको अभियान नै चलाएको स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिनुभयाे ।

गाउँपालिका भित्र रहेका संक्रमितहरुको शिघ्र पहिचान गर्न र संक्रमण फैलिन नदिनका लागि यस्तो अभियान चलाएको अर्यालको दाबी छ । गाउँमा अझै पनि रुघाखोकी लागेका बिरामीहरु र लक्षण देखिएका बिरामीहरुले पनि परीक्षण नगर्ने र संक्रमणको जोखीम झन बढदै जाने भएकाले त्यसको अन्त्य गर्नका लागि एन्टिजेन परीक्षण नै प्रभाबकारी हुने अर्यालले बताउनुभयाे ।

संक्रमण जारी रहेसम्म अभियानलाई पनि जारी नै राख्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका भित्र हालसम्म २८१ जनाको एन्टिजेज र ७६१ जनाको पिसीआर गरी कुल एक हजार ४२ जनाको परीक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।

जसमा ४७५ जनामा संक्रमण पुष्टि भएको थियो । गाउँपालिका भित्र अहिले सक्रिय संक्रमितको संख्या १८ जना रहेका छन् भने संक्रमण कारण ८ जनाको मृत्यु भइसकेको अर्यालले जानकारी दिनुभयाे ।

गुल्मी जिल्लामा दोस्रो लहरको संक्रमणका कारण ९६ जनाको ज्यान गइसकेको छ भने जिल्लामा हाल सक्रिय संक्रमितको संख्या २९६ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys