Erani Mahal
स्याङ्जा पुतलीबजारबाट सात जना जुवाडे पक्राउ
juwade-1024x599
स्याङ्जा- स्याङ्जा, पुतलीबजार नगरपालिकाबाट सात जना जुवाडे पक्राउ परेका छन् । पुतलीबजार नगरपालिका १३ भालुकुनास्थित तुल बहादुर थापाको घरबाट आइतबार साँझ ५ बजे सात जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको बताएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सुचना अधिकरी प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार प्रहरीले विशेष सुचनाको आधारमा थापाको घरमा खानतलासी गर्दा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुका साथ बाट रु ६६,५६५। छैसठ्ठी हजार पाँच सय पैंसठ्ठी रुपैया नगद सहित २१३ पत्ती तास बरामद गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पक्राउ गरेका सात जनालाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिररहेको जनाएको छ ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update