Erani Mahal
पाल्पामा पछिल्लो २४ घण्टामा २० जनामा कोरोना संक्रमण पुष्टि
coronavirus_
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा २० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकाका १जना, बगनासकाली गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका ५ जना, रिब्दीकोट गाउँपालिकाका २ जना,तिनाउ गाउँपालिकाका ३ जना,रम्भा गाउँपालिकाका १ जना,निस्दी गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ६ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल १६८ जनाको कोरोना परीक्षण गरिएकोमा १० जना महिला र १० जना पूरुष संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले सोमबार ६ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १८५ पुगेको छ । सक्रिय संक्रमितमध्ये १६६ जना होम आइसोलेसनमा र १९ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १८:११
प्रतिक्रिया दिनुहोस्
Weather Update