X
2705
Shares

रामपुर पुट्टार पुलबाट कालीगण्डकीमा हाम फाली बेपत्ता

रानीमहल संवाददाता || ३ आश्विन २०७८,आईतवार १७:०७

पाल्पा- जिल्लाकाे रामपुर पुट्टारघाट पुलबाट हाम फाल्ने ब्यक्ती कालीगण्डकीमा बेपत्ता भएका छन। घिरिङ्ग गाउँपालिका वडा नम्बर १ पुट्टार तनहुँ निवासी अन्दाजी वर्ष ४८ का बिष्णु भक्त सिग्देल आज दिउँसो करिब ३ बजेको समय मा पुल बाट हाम फालेर बेपत्ता भएका हुन ।

रामपुर को बेझाडमा होटल ब्यबसाय गर्दै आएका सिग्देल आज मात्रै पुट्टार स्थित आफ्नो घर आएको र आफू चढेर आएको मोटर साइकल,मोटरसाइकलको चाबी,बिलबुक,पर्स समेट बाइकमै राखेर पुल बाट हाम फलेको कुरा प्रहरी चौकी पुट्टारका प्रमुख पदम बहादुर कुमाल ले जानकारी गराउनु भयो।बेपत्ता भएका सिग्देल को खोजी कार्य जारी रहेको स्थानिय नारायण सिग्देलले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys