Erani Mahal
पाल्पाबाट केन्द्र र प्रदेशमा पाँचजनालाई पदक सिफारिस
AS
पाल्पा– पाल्पाबाट केन्द्र र प्रदेशमा गरी चार जनाले विभिन्न पदकबाट विभुषण हुनुहुने भएको छ । पाल्पाको विकासमा योगदान गरेको भन्दै शैक्षिक तथा सामाजिक व्यक्तित्व बुद्धिप्रसाद शर्मा, यस्तै रोटरी क्लवका सदस्य यादव सिंह कार्कीले केन्द्रको पदक पाउनु भएको छ । उहाँहरुलाई क्रमशः प्रवल जनसेवा श्री र जनसेवा पदकबाट सम्मानित गरिने छ । यस्तै कलाकार नविन पाैडेललाइ समेत पदम सिफारिस भएकाे छ । यस्तै लुम्बिनी प्रदेश सरकारबाट बरिष्ठ पत्रकार मेघराज शर्मालाई समाजसेवा श्री पदकबाट र पाल्पामा बसेर लामो समय सेवा गर्नुभएका जापानी नागरिक काजुमासा काकीमी ओकेबाजीलाई सम्मान गर्ने निर्णय गरेको छ । उहाँहरु सबैलाई संविधान दिवशको अवसर पारेर सम्मान पदक दिने घोषणा केन्द्र र प्रदेश सरकारले गरेको हो । कार्कीले कोरोना कहरमा आफ्नै पहलमा कोरोनाको विरामी तथा शव व्यवस्थापनमा खट्नु भएको थियो भने शर्मा लामो समय पाल्पाको शैक्षिक र सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । यस्तै मेघराज शर्मा पाल्पाली पत्रकारिताका हस्ती हुनुहुन्छ भने काकीमी पाल्पाको विकासमा सहयोग गर्ने जापानी नागरिक हुनुहुन्छ । प्रदेशको प्रदेश स्थापना दिवशको अवसरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीबाट र केन्द्रको लोकतन्त्र दिवशको अवसरमा राष्ट्रपतिबाट सम्मान गरिनेछ ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update