Erani Mahal
रोटरी क्लव अफ् पाल्पा तानसेनमा अफिसियल डिजि भिजिट
242212764_259557089373162_5282108435699496669_n
पाल्पा– रोटरी क्लव अफ् पाल्पा तानसेनको अफिसियल डिजि भिजिट कार्यक्रम आइतवार तानसेनमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक ३२९२ का गर्भनर सन्तोष प्रसाद रिजालले स्वार्थ भन्दा माथि सेवा भन्ने भावले स्थापित अन्तराष्ट्रिय स्तरको क्लवले समाजमा विभिन्नखालका सामाजिक काम गरेको बताउनुभयो । उहाँले आफूले कमाएको रकमबाट समाजमा विपन्न तथा समस्या रहेको क्षेत्रमा रोटरीयनहरुले क्लव मार्फत खर्च गर्ने गरेको बताउनुभयो । पाल्पाको पुरानो क्लव रहेको तानसेनले विभिन्न समयमा खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्यका क्षेत्रमा काम गरेको भन्दै क्लवले आगामि दिनमा समेत यस्तै रचनात्मक काम गर्न आग्रह गर्दै डिष्ट्रिकले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । यस्तै पूर्व एजि राजेन्द्र ध्वजू, सन्जय गिरी, एजाज आलम लगायतले क्लवको सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा क्लवका क्लव एडमिनिष्ट्रेशन कमिटिका चेयर शसी श्रेष्ठ, क्लव मेम्बर सिप कमिटिका चेयर लालकुमारी राना, रोटरी फाउण्डेशन कमिटिका सदस्य समिरमान सिंह, क्लव पव्लिक रिलेशनका चेयर पुण्य सुवेदी र क्लव सर्भिस प्रोजेक्टका चेयर विनायक महर्जनले क्लवले गरेका कामहरुको प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रममा पूर्व अध्यक्ष तथा संस्थापक सचिव बुद्धि प्रसाद शर्माले पाल्पामा रोटरीले सामाजिक कार्यसँगै विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएको बताउनुभयो । उहाँले क्लवे आत्मसाथ गर्ने स्वार्थभन्दा माथि सेवा भावलाई लिएर क्लवका सबै सदस्यले आफ्नो क्षेत्रबाट सक्रिय कार्यगर्न आग्रह गर्नुभयो । निर्वतमान अध्यक्ष शिव देवकोटाको धन्यवाद, निर्वाचित अध्यक्ष हरीरायमाझीको स्वागतमा भएको कार्यक्रममा क्लवका वर्ष २०२१।२२ का अध्यक्ष शैलेन्द्र भट्टराईले क्लवले पाल्पाको विकासमा सबै क्षेत्रसँग हातेमालो गरेर काम गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा क्लवका सदस्यहरु तथा उनीहरुका श्रीमान, श्रीमतीलाई मायाको चिनो र सम्मान समेत प्रदान गरिएको थियो । कार्यक्रममा पूर्व अध्यक्षहरु प्रदिप प्रसाद उदय बंकिम चन्द्र खनाल, विरेन्द्रकाजी शाक्य, उत्पल कुमार बज्राचार्य, कृष्ण बहादुर रावल, मोहन श्रेष्ठ, शकुन्तला बज्राचार्य लगायत रोटरीका सदस्य, पदाधिकारी, रोट्रयाक्ट तथा इन्ट्रयाक्ट क्लवका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष शैलेन्द्र भट्टराईको अध्यक्षता र सचिव यादव सिंह कार्कीको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update