Erani Mahal
पाल्पामा पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमण पुष्टि
corona-gg
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ६३ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका २ जना,रामपुर नगरपालिकाका ५ जना, बगनासकाली गाउँपालिकाका ९ जना, रैनादेवी छहरा गाउँपालिकाका ४ जना, रिब्दीकोट गाउँपालिकाका १६ जना,तिनाउ गाउँपालिकाका ३ जना,रम्भा गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका २३ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल २१३ जनाको कोरोना परीक्षण गरिएकोमा ३१ जना महिला र ३२ जना पूरुष संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले आइतबार २५ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १७२ पुगेको छ । सक्रिय संक्रमितमध्ये १५६ जना होम आइसोलेसनमा र १६ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update