Erani Mahal
प्रहरीको सुझाव पेटिका राख्ने अभियान
241668132_4315483148533814_508051345840187027_n
पाल्पा–जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लाका विभिन्न स्थानमा प्रहरी आफैँलाइ सुधार गर्न भन्दै गुनासो तथा सुझाव पेटिका राखेको छ । प्रहरीका काम र आगामी दिनमा गर्नुपर्ने कामबारे नागरिकका सुझाव लिन प्रहरीले जिल्लाका २४ स्थानमा गुनासो तथा सुझाव पेटिका राखेको हो । हालसम्म जिल्लाको तानसेन,रामपुर,माथागढी,रम्भा,पूर्वखोला,रैनादेवी छहरा,निस्दी,तिनाउ,बगनासकालि र रिब्दीकोटका विभिन्न वडा तथा सार्वजनिक स्थानमा गरी २४ ठाउँमा गुनासो तथा सुझाव पेटिका राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । ‘प्रहरीका विषयमा नागरिकका गुनासो र सुझावहरु हुन सक्छन् जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले भन्नुभयो नागरिकको गुनासो सम्बोधन गर्न सुझाव पेटिका राख्न सुरु गरेका छौँ ।’ प्रहरीले गरेका काम र सहयोगमा नागरिकको गुनासो हुन सक्छ । तर उत्त गुनासो प्रहरीसामु नागरिकले भन्न नसकेको पनि हुन सक्छ, त्यसलाई सम्बोधन गर्दै प्रहरीको आचरण र काममा सुधार ल्याउन सुझाव पेटिका राख्ने कार्य अगाडि बढाएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार नागरिकको चहलपहल बढी हुने स्थान र प्रहरी कार्यालय नजिकै सुझाव पेटिका राख्ने कार्य भइरहेको छ । सुझाव पेटिका नागरिकले आफ्नो सल्लाह र सुझावका आधारमा सुध्रिन तयार रहेको र त्यसले सुशासन र जवाफदेहिता कायम हुने विस्वास प्रहरीको छ । यो कार्यलाई निरन्तरता दिने जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईले जानकारी दिनुभयो ।
प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update