Erani Mahal
पाल्पा काेराेना अपडेट : शनिबार सात जनामा मात्र काेराेना संक्रमण
Corona__
पाल्पा – पाल्पामा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ७ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तानसेन नगरपालिकाका २ जना,रम्भा गाउँपालिकाका १ जना, रिब्दीकोट गाउँपालिकाका २ जना,तिनाउ गाउँपालिकाका १ जना र माथागढी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ३० जनाको कोरोना परीक्षण गरिएकोमा ३ जना महिला र ४ जना पूरुष संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले शनिबार १६ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १३४ पुगेको छ । सक्रिय संक्रमितमध्ये ११६ जना होम आइसोलेसनमा र १८ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: शनिबार, असोज २, २०७८  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update