Erani Mahal
पाल्पाकाे झुम्सामा बलेराे पिकअप खस्याे
241521143_390304799332616_3183829863812783189_n
पाल्पा – जिल्लाको तिनाउ गाउँपालिका–३, झुम्सामा भारतीय नम्बर प्लेटको मालबहाक बलेराे पिकअप जीप सडकदेखि तल खसेको छ । बुटवल पाल्पा हुँदै पोखरातर्फ जाँदै गरेको युपी ७७, ए एन ५५८४ नम्बरको मालबहाक बलेराे झुक्साको साघुरो सडकदेखि तल खसेको हो । बलेराे पिकअप शुक्रबार बेलुकी साढे ८ बजेतिर सडकदेखि १५ मीटर तल खसेको स्थानीय बासिन्दा कृष्ण पाण्डेयले बताउनुभयो । उहाँका अनुसार बलेराेमा रहेका चालक दिपक यादव र अमन कटियालाई सकुशल उद्दार गरिएको बताउनुभयो । सवारीसाधनभित्र मेवा रहेकाे बुझिएकाे छ । थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  २०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update