Erani Mahal
पाल्पामा शुक्रबार १८ जनामा काेराेना संक्रमण
corona-gg
सुमन गाहा, पाल्पा – पाल्पामा पछिल्लो शुक्रबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका १९ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार बगनासकाली गाउँपालिकाका २ जना, रैनादेवी छहरा गाउँपालिकाका ८ जना, रिब्दीकोट गाउँपालिकाका १ जना, तिनाउ गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका ५ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल १०३ जनाको कोरोना परीक्षण गरिएकोमा ८ जना महिला र ११ जना पूरुष संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले शुक्रबार ९ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १४३ पुगेको छ । सक्रिय संक्रमितमध्ये १२३ जना होम आइसोलेसनमा र २० जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  १९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update