Erani Mahal
पाल्पा प्रहरीद्वारा फरार भएका अभियुक्त पक्राउ
pakrau
पाल्पा – जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाको तानसेन–८, मदनपोखराका धनबहादुर ठडराईलाई प्रहरीले पक्राउ गरेको हो । वन क्षेत्रको रुख काटेर वनमुद्धामा पाल्पा जिल्ला अदालतबाट दोषी ठहर भएपनि ठडराई फरार रहेका थिए । उनलाई अदालतले १ लाख १६ हजार १५६ रुपियाँ नगद जरिमाना समेत गरेको थियो । उनलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update