Erani Mahal
पाल्पामा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमण पुष्टि
Corona_
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बिहिबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ३८ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार माथागढी गाउँपालिकाका ३ जना,रामपुर नगरपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका १२ जना, रैनादेवी छहरा गाउँपालिकाका १३ जना, रिब्दीकोट गाउँपालिकाका ३ जना,तिनाउ गाउँपालिकाका २ जना र तानसेन नगरपालिकाका ४ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल १५८ जनाको कोरोना परीक्षण गरिएकोमा १९ जना महिला र १९ जना पूरुष संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले बिहिबार ४० जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १३४ पुगेको छ । सक्रिय संक्रमितमध्ये १११ जना होम आइसोलेसनमा र २३ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ३१, २०७८  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update