Erani Mahal
पाल्पामा पहिलाे चरणकाे जनगणनाकाे काम सुरू
janagadna
सुमन गाहा, तानसेन – पाल्पामा बुधबारदेखि राष्ट्रिय जनगणना–२०७८ को पहिलो चरणको गणना सुरू भएको छ । पाल्पाका विभिन्न स्थानमा सुपरीवेक्षकहरू घर तथा घरपरिवार गएर सूचीकरण फारम भर्ने काम सुरू गरेको तथ्यांक विभागको कार्यालय पाल्पाले जनाएको छ । पाल्पामा जनगणनाको लागि ९४ जना सुपरीवेक्षक परिचालन गरिएको तथ्यांक विभाग कार्यालय पाल्पाका निमिक्त प्रमुख लेखनाथ पाण्डेले बताउनुभयो । कार्यालयका अनुसार जिल्लामा खटिने गणकहरूको अझैँ नाम आउन नसकेकाले कति गणक जनगणना कार्यमा खट्छन् भन्न नसकिने बताउनुभयो । हाललाई सुपरीवेक्षक मात्र खटेका छन्, गणकको नाम आएपछि जनगणनाको कार्यमा खटिने उहाँले जानकारी दिनुभयो । दश वर्षअघिको जनगणनामा पाल्पामा ५९ हजार बढी घरपरिवार रहेका थिए भने दुई लाख ६१ हजार बढी जनसंख्या रहेका थिए । सुपरीवेक्षकहरूले घरपरिवार सुचिकरण फारम भर्ने, मोबाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषि उतार फारम भर्ने, घरपरिवार उतार सूचीकरण फारम भर्ने, सामुदायिक प्रश्नावली भर्ने लगायतका काम गर्ने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update