Erani Mahal
तानसेनमा म्याद नाघेका सामग्री बिक्री !
bazar anugaman (2)
पाल्पा – तानसेनका व्यापारी तथा व्यावसायीले उपभोक्तालाई म्याद नाघेका अखाद्य पदार्थ तथा श्रृङ्गारका सामान बिक्री गरेको फेला परेको छ । तानसेनका केही व्यापारी र व्यवसायीले बिक्री वितरण गर्न नहुने म्याद नाघेका र बिग्रिएका अखाद्य पदार्थ र श्रृङ्गारका सामग्री बिक्री गरेको फेला परेको हो । जिल्लास्थित प्रशासन कार्यालय, तानसेन नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको संयुक्त अनुगमन टोलीले बुधबार तानसेनमा गरेको अनुगमनका क्रममा उक्त कमजोरी फेला पारेको हो । तानसेनमा खाद्यान्न पसल, खुद्रा पसल, कस्मेटिक पसल, निर्माण सामग्री पसल, फलफूल तथा मासु पसलमा अनुगमन गरिएकाे थियाे । तीन कार्यालय सहित जिल्लाका सरोकारवाला पक्षको संयुक्त टोलीले बुधबार तानसेनको मेहलधारा, गैरागाउँ, मिसन लगायतका स्थानमा बजार अनुगमन गरेको थियो । अनुगमन टोलीले केही वर्षअघि नै म्याद गुज्रेका, नरिवल जुस, कुरकुरे, कुकिज, मसला, फ्रुटी, ओरेन्ज जुस, बदाम जुस व्यापारीले उपभोक्तलाई बिक्री गरेको फेला पारेको जनाएको छ । यस्तै म्याद नाघेर पनि प्रयोग गर्न नमिल्ने श्रृङ्गारका सामग्री क्रिम, तेललगायतका बस्तु समेत टोलीले जफत गरेको जिल्ला पशासन कार्यालय पाल्पाका नासु हरिप्रसाद पन्थीले बताउनुभयो । प्रयोगका लागि उपयुक्त नभएका सामग्री जफत गरेर नष्ट गरिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा मुल्यसूचि टाँस नभएकाे, पसल दर्ता नगरी संचालन गरेकाे, हाेडिङ् बाेर्ड नराखेकाे जस्ता कमजाेरी भेटिएकाे थियाे । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत देवीराम भण्डारीका अनुसार तानसेनको विभिन्न स्थानका २८ वटा पसलमा अनुगमन गरिएको जानकारी दिनुभयो । घरेलु कार्यालयले तयार गरेको कार्ययोजना अनुसार उपभोक्ताको खाद्य अधिकार स्थापित गर्न र बजारमा स्वस्थ प्रतिष्पर्धा कायम गर्न बजार अनुगमन गरिएको उहाँले बताउनुभयो । पाल्पामा विगत लामो समयदेखि निषेधाज्ञा भएका कारण गोदाम तथा पसलमा स्टोर भएका सामग्री बिक्री भएको पाइएको अनुगमनमा सहभागीहरुले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update