Erani Mahal
पाल्पामा पछिल्लो २४ घण्टामा ४० जनामा कोरोना संक्रमण पुष्टि
corona-gg
पाल्पा– पाल्पामा पछिल्लो २४ घण्टामा थप ४० जनामा कोरोना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ४० जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तानसेन नगरपालिकाका ११ जना,रामपुर नगरपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका ६ जना, रैनादेवी छहरा गाउँपालिकाका ५ जना , रिब्दीकोट गाउँपालिकाका १३ जना,तिनाउँ गाउँपालिकाका १ जना,रम्भा गाउँपालिकाका १ जना र माथागढी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ३ सय ७३ जनाको कोरोना परीक्षण गरिएकोमा १७ जना महिला र २३ जना पूरुष संक्रमित भएका छन् ।यस्तै स्वास्थ्य कार्यालयले बुधबार १८ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या १३८ पुगेको छ । सक्रिय संक्रमितमध्ये ११४ जना होम आइसोलेसनमा र ३४ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update