Erani Mahal
करदाता सेवा कार्यालय पाल्पाद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन
tax ha
पाल्पा– करदाता सेवा कार्यालय पाल्पाले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । पाल्पा र गुल्मी कार्यक्षेत्र भएको कार्यालयले गतवर्ष ६१ करोड ७० लाख बराबरको राजस्व संकलन भएको जनाएको छ । गत वर्ष गुल्मीमा समेत सेवा कार्यालय खुलेपछि यस वर्षदेखि पाल्पामात्रै कार्यक्षेत्र भएको छ । राजस्व विभागले आ.व. २०७७।०७८ मा ५६ करोड ५० लाख लक्ष्य दिएकोमा ६१ करोड ७० लाख २८ हजार राजस्व असुल भएको सेवा कार्यालयकमा प्रमुख लुमा पन्थीले रानीमहललाई बताउनुभयो । उहाँका अनुसार लक्ष्यको १ सय १० प्रतिशत राजस्व संकलन भएको छ । पाल्पामा ठूला करदाता नभएता पनि व्यवसायीक फार्मबाट आयकर तथा मूल्य अभिवृद्धिकर, अन्तशुल्क लगायतका शीर्षकबाट कर संकलन भएको हो । करको दायरा बढाउनको लागि कोरोना कहरले करदाता शिक्षा लगायतका काम हुन नसकेको भएता पनि राजस्व संकलन भने लक्ष्य भन्दा बढी नै रहेको उहाँले बताउनुभयो । यस वर्ष कोरोना कहरका कारण व्यवसायीलाई आर्थिक विधियक मार्फत कर छुट रहेकाले ५४ करोडको राजस्व संकलन गर्ने लक्ष्य राजस्व विभागले कार्यालयलाई दिएको पन्थीले रानीमहललाई बताउनुभयो । पाल्पामा हालसम्म १५ हजार व्यवसायिक करदाता रहेका छन् । आव २०७७/०७८ मा ५ हजार बढी व्यवसायिक फर्म करदाता सेवा कार्यालयमा आबद्ध भएका छन् । पन्थीका अनुसार आव २०७७/०७८ मा भ्याटमा १ सय ५०, आइट्याक्समा १८२८, पिप्यानमा ३७८३, अन्तशुल्कमा ९४, डव्लु प्यानमा १८ संघ संस्था तथा फार्महरु आवद्ध रहेका छन् । कार्यालयले आ.व. २०७६।०७७ मा ६३ करोड ५८ लाख कर संकलन गरेको थियो । पाल्पा र गुल्मी कार्यक्षेत्र रहेको सेवा कार्यालयमा गत आ.व.को साउन यता पाल्पा मात्रै कार्यक्षेत्र रहेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update