Erani Mahal
बालदिवसमा रामपुर नगरपालिका स्तरीय प्रतियोगिता
241266142_1099496537520133_6267679161470524736_n
पाल्पा- राष्ट्रिय बाल दिवसको अबसरमा विद्यालय स्तरीय हाजिरी जवाफ र कुर्ची दौड प्रतियोगिता रामपुर नगरपालिकामा सम्पन्न भएको छ । भदौ २९ गते मनाइने बाल दिवस "सामान्य अबस्था वा कोभिड महामारी: बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी" भन्ने नारा सहित यो बर्षको बालदिवस मनाइएको हो । रामपुर नगरपालिका द्दारा आयोजित बिद्यालय स्तरिय प्रतियोगिता अन्तर्गत हाजिरीजवाफ प्रतियोगितामा रामपुर नगरपालिकाका १७ विद्यालयले र कुर्ची दौड प्रतियोगिता तर्फ १९ विद्यालयले भाग लिएका थिए । हाजिरी जवाफ प्रतियोगितामा प्रथम आनन्द निकेतन विद्याश्रमका अस्मिता श्रेष्ठ, सनिसा भट्टराई र आयुश भट्टराईको समुह, द्दितिय जनबिकास माबिका बिदुर खनाल, सन्ध्या पाठक र बिष्णु तिवारीको समूह, तृतीय गंगा माबिका निरज अर्याल, अनमोल रेग्मी र सामना न्यौपानेको समूह र सान्त्वना आधारभुत माबिका मोहमद इर्फान मिया, सुप्रिया गैरे र मनोज गौतमको समूह भएका छन् । पुरुष कुर्ची दौड तर्फ प्रथम गंगा माबिका सुदिप श्रेष्ठ, द्दितिय शंकर आधारभुत विद्यालयका अनिस मल्ल, तृतीय भानुभक्त माबिका बिनय थापा, सान्त्वना आनन्द निकेतन विद्याश्रमका मनोज आले र छ्म्के आधारभुत विद्यालयका अंकित सिन्जाली हुनुभएको छ । त्यस्तै छात्रा तर्फ कुर्ची दौडमा शंकर माबिका रुप्सना खड्का प्रथम, आनन्द निकेतन विद्याश्रमका रस्मिता श्रेष्ठ द्दितिय, छम्के आधारभुत विद्यालयका कौशिका पोखरेल तृतीय, भानुभक्त माबिका सदिच्छा अधिकारी र जनकल्याण माबिका सम्झना मश्राङ्गी सान्त्वना हुनुभएको छ । पुरस्कार बितरण गर्नुहुदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले प्रतिस्पर्धाले विद्यार्थीमा उत्साह बढाउने बताउनुभयो । "सिकाई निरन्तर हुनुपर्छ निरन्तर सिकाईको लागि यस्ता क्रियाकलाप आबश्यक हुने उहाँको भनाई थियो । नगर उपप्रमुख बिष्णु देबी आचार्य घिमिरेले जिम्मेवारी हुँदै गएका विद्यार्थीले हरेक किसिमलाई जिज्ञासाले लिएर सिकाई सिक्नुपर्नेमा जोड दिनुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बालबालिका सम्बन्धि हरेक कार्यक्रम बालबालिकाको प्रतिनिधित्वमा हुनुपर्नेमा जोड दिनुभयो । रामपुर नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ६ का अध्यक्ष हुमनाथ न्यौपानेले विद्यार्थीलाई बधाइ दिदै शैक्षिक गुणस्तर र हरेक क्रियाकलापमा अगाडि प्रस्तुत हुनुपर्ने बताउनुभयो । वडा नम्बर ५ का वडाध्यक्ष हिमाल मल्लले प्रतियोगितामा जित हार स्वाभाबिक भएको बताउदै जित्ने र पछि पर्नेलाई सिकाई निरन्तर लैजान आग्रह गर्नुभयो । रामतुलसी माबिमा भएको प्रतियोगिता समापनका अबसरमा विद्यालयका प्राध्यनाध्यापक बालकृष्ण लम्सालले धन्यवाद दिनुहुदै नगरका विद्यालयले आफ्नो प्रतिभा देखाउने अबसरको रुपमा बाल दिवसलाई लिने गरेको बताउनुभयो । उहाँले विद्यार्थीको रचनात्मक सिकाईलाई प्रतिस्पर्धात्मक रुपमा लान आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन सहायक महिला बिकास निरीक्षक पुजा परियारले गर्नुभएको हो भने हाजिरी जवाफ प्रतियोगिताको संचालन नगरपालिकाका रोजगार संयोजक निरज पोखरेलले गर्नुभएको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update