Erani Mahal
पाल्पा कोरोना अपडेट :१६ जनामा कोरोना संक्रमणको पुष्टि
corona-gg
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा थप १६ जनामा काेराेना संक्रमण भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको कोरोना अपडेट तथ्यांकमा जिल्लाका विभिन्न स्थानका १६ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकाका आठ जना, बगनासकाली गाउँपालिकाका एक जना, रैनादेवी छहरा गाउँपालिकाका चार जना र रिब्दीकोट गाउँपालिकाका तीन जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ९३ जनाको कोरोना परीक्षण गरिएकोमा नौ जना महिला र सात जना पूरुष संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले सोमबार १६ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ११७ पुगेको छ । सक्रिय संक्रमितमध्ये ९४ जना होम आइसोलेसनमा र २३ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । पाल्पामा हालसम्म २१८ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update