Erani Mahal
निस्दीमा पाठ्यक्रम प्रबाेधिकरण सम्बन्धी तालिम सम्पन्न
tt
पाल्पा - निस्दी गाउँपालिका पाल्पामा पाठ्यक्रम प्रवोधिकरण सम्बन्धि तालिम सम्पन्न भएको छ । गौरीशंकर माध्यमिक विद्यालय मित्यालमा भएको तालिममा विभिन्न विद्यालयका ३५ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । निस्दी गाउँपालिका शिक्षा शाखाको आयोजनामा सन्चालन भएको तालिममा आधारभूत तह कक्षा १ देखि ५ सम्मको परिमार्जित पाठ्यक्रमबारे जानकारी गराइएको थियो । शिक्षण सिकाइ क्रियाकलापलाई उपलब्धिमूलक बनाउने उद्देश्यले तालिम संचालन गरेको थियो । भदौ २७ देखि २९ गतेसम्म भएको तालिमको सहजीकरण शिक्षा शाखा संयोजक नरबहादुर थापा र गौरीशंकर माध्यमिक विद्यालय मित्यालका प्रधानाध्यापक केश बहादुर सुनारीले गर्नुभएको हो।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update