Erani Mahal
निस्दीमा भदौ ३० गते देखि नियमित विद्यालय सन्चालन हुने
nisdii
पाल्पा - निस्दी गाउँपालिका पाल्पामा आगामी भदौ ३० गते बुधबार देखि भौतिक रूपमै नियमित विद्यालय सन्चालन हुने भएको छ । गाउँपालिका उपाध्यक्ष रीता कुमारी अर्यालको अध्यक्षतामा आज बसेको बैठकले उक्त निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरज भण्डारीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ । यस अघि विद्यालयहरुले आफू अनुकुल विद्यालय सन्चालन गरे पनि कोभिड-१९ को संक्रमण खासै नदेखिएको भन्दै भौतिक रुपमै विद्यालय सन्चालन गर्न सूचना भनिएको छ । साथै बैठकले भदौ ३० गते इमिस् अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको गाउँपालिका प्रवक्ता तथा शिक्षा समितिका सदस्य मेख बहादुर सुनारीले बताउनुभयो ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update