Erani Mahal
अनेरास्ववियु (क्रान्तिकारी)को जिल्ला भेला एवं प्रशिक्षण कार्यक्रम सम्पन्न
11
पाल्पा - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी न्युनियन (क्रान्तिकारी)को जिल्ला भेला एवम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भेलाबाट ३५ सदस्यीय जिल्ला स्तरीय कमिटी गठन गरिएको छ । जस्को जिल्ला अध्यक्षमा पदम सोमै चयन भएका छन् । उपाध्यक्षमा पदम प्रसाद वस्याल, सीता रास्कोटी, सचिवमा अतित बस्याल, सहसचिवमा विकास पाण्डे, भिम लुङ्गेली, कोषाध्यक्षमा उमा विश्वकर्मा चुनिएकी चयन हुनुभएकाे छ । सदस्यहरूमा तारा बहादुर रायमाझी, विष्णु विक, मिलन घर्ती मगर, मञ्जु दर्लामी, लक्ष्मी पचभौया, धन माया मश्राङ्गी, विवेक श्रेष्ठ, किरण दर्लामी गरी ३७ सदस्य जिल्ला कमिटि गठन भएको हो । कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम प्रदेश सांसद तुलाराम घर्तीमगर वसन्तले विद्यार्थी अनुशासित भई विकृति र विसंगतिको विरोधमा अभियान छेड्नुपर्नेमा जाेड दिनुभयाे । भेलामा नेकपा माओवादी केन्द्र पाल्पाका जिल्ला अध्यक्ष नेत्र पाण्डेले विद्यार्थी आन्दोलन कारण देशमा ठूलो परिर्वतन भएको बताउनुभयाे । भेलामा तिनाउ गाउँपालिका कमिटि अध्यक्ष राजेश श्रेष्ठ, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय उपाध्यक्ष पुरन के सी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य विक्रम राना, अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज अम्बिका परियार लगायतले शुभकामना दिनुभएकाे थियाे ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८  १४:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update