Erani Mahal
मित्यालको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
241049273_6099193880153921_5872334510431473193_n
पाल्पा - निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्यालको आर्थिक वर्ष २०७७/०७८ को योजना समिक्षा तथा चालु आर्थिक वर्ष २०७८/०७९ को प्रथम सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। कार्यवाहक वडा अध्यक्ष मन प्रसाद सोतीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सहायक सहवीर खन्गाहाले आर्थिक तथा कार्य प्रगती प्रतिवेदन पेस गर्नुहुँदै मित्यालमा गत आर्थिक वर्ष २०७७/७८ को ६ लाख ९२ हजार ८ सय ७० रुपैयाँ बराबरको आन्तरिक आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको थियो । मित्यालमा गत आर्थिक वर्षमा पालिका तथा प्रदेश सरकारबाट प्राप्त सबै योजनाको काम सम्पन्न भएको , ३० घर परिवारलाई कर्कतपाता वितरण गरेको र १६ घर परिवारलाई सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ५० हजारका दरले अनुदान प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ। वडा सदस्य हेम कुमारी सुनारीको स्वागतबाट शुरु भएको कार्यक्रममा सबै गत वर्ष सम्पन्न योजना उपभोक्त समितिका अध्यक्ष तथा प्रतिनिधिहरुले आम्दानी खर्च विवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी पाल्पाका सदस्य भुवन थापा , नेपाली कांग्रेस वडा समिति मित्यालका सभापति मीन बहादुर सुनारी , निस्दी गाउँपालिकाकी कर्मचारी सुजाता पान्थी लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै सार्वजनिक सुनुवाइ कार्यक्रम सफलताको कामना गर्नुभएको थियो । सहभागीले विशेषगरी सामुदायिक विधुत , स्वास्थ्य , खानेपानी , शिक्षा , मोटरबाटो , सरसफाइ , बजार व्यवस्थापन जस्ता विषयमा जिज्ञासा राखेका थिए । जिज्ञासाको जवाफ वडाका जनप्रतिनिधि र कर्मचारीहरुले दिनुभएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार धनबहादुर ठाडाले गर्नुभएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update