Erani Mahal
पत्रकार महासंघ पाल्पाद्वारा पत्रकारलाई एक करोड बराबरको दुर्घटना विमा !
241748245_217263760439300_2368389478155069396_n
पाल्पा– नेपाल पत्रकार महासंघ पाल्पाद्वारा एक करोड बराबरको पत्रकार दुर्घटना विमा गरेको छ । पत्रकार महासंघमा आवद्ध ९९ जना सदस्य तथा २ जना कर्मचारी सहित १ सय १ जनाको प्रतिव्यक्ति एक लाखको दरले कुल एक करोड १ लाखको दुर्घटना विमा र स्वास्थ्य उपचार सहितको सुविधा रहेको विमा गरिएको शाखा अध्यक्ष रेखीराम रानाले रानीमहललाई जानकारी दिनुभयो । रानाको अनुसार महासंघको बैठकको निर्णय अनुसार सगरमागा इन्सुरेन्स कम्पनी मार्फत १ सय १ जनाको सामुहिक दुर्घटना विमा गरिएको बताउनुभयो । उहाँले विगतमा सूचना विभागको पासले मात्रै विमा गर्न पाउने व्यवस्थालाई महासंघको समन्वयमा महासंघका सबै सदस्यलाई गराइएको बताउनुभयो । सोमवार अध्यक्ष राना र इन्सुरेन्स कम्पनीका तर्फबाट करुणा काफ्लेले चेक हस्तान्तरण तथा सामुहिक विमाको पोलीसी वितरण गरिएको थियो । महासंघले पत्रकारलाई कोरोना जोखिमको समयको २०७७ सालको सदस्यता नविकरण छुट लगायतका विभिन्न जनहितकारी कामको सुरुवात गरेको अध्यक्ष रानाले बताउनुभयो । पत्रकार महासंघका कोषाध्यक्ष मुक्ती न्यौपानेले महासंघलाई संस्थागत रुपमा संचालन गर्न ब्रोसर, डायरी प्रकासन, वेभसाइट निर्माण लगायतका कामको सुरुवात गरिने निर्णय भएको र सोहीअनुसारको काम अगाडि बढाइएको बताउनुभयो ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update