Erani Mahal
निस्दीको अर्चलेमा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
241853382_1240309383063667_2045748888686707134_n
पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा वडा स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा चलेको कार्यक्रम वडा कार्यालयको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रमको औचित्य र उद्देश्य बारे वडा सदस्य कृष्ण बहादुर सोमैले बोल्दै नियमित र खुला अन्तरक्रियाबाट नागरिकको सूचनाको हकको प्रवर्द्धन गर्न कार्यक्रम सन्चालन गरिएको बताउनुभयो । सेवाप्रदायक संस्थाहरुले सेवाग्राहीको गुनासो सुनुवाइ गरि शासन प्रक्रियामा सहभागिता अभिबृद्धी गर्न कार्यक्रम सन्चालनन भएको बताउदै वडाध्यक्ष सुनारीले सहभागीले राखेका जिज्ञासा बारे बोल्नुभएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा वडाले गरेका कार्य प्रगति र आगामी योजना बारे वडा सचिब सावित्रा गैरेले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा आफ्ना संस्थाका बारेमा स्वास्थ्य चौकी प्रमुख मीन बहादुर राना, गोरखनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद अर्याल,देउराली बहुउद्देश्यीय सहकारी संस्थाका सचिव महेन्द्र बयम्बु लगायतकाले बोल्नु भएको थियो । कार्यक्रममा गत आर्थिक वर्ष सम्पन्न भएका योजना तथा कार्यक्रम उपभोक्ता समितिका तथा प्रतिनिधिहरुले आम्दानी तथा खर्च सार्वजनिक गरेका थिए । निस्दी गाउँपालिकाको सात वटै वडामा एकै साथ सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्भवतः यस वर्षकै पाल्पाको पहिलो गाउँपालिका हो । वडा सदस्य मिम्श्री बयम्बुको स्वागतबाट शुरुभएको कार्यक्रम होम राई मगरले गर्नुभएको थियो
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update