Erani Mahal
निस्दी गाउँपालिकामा विद्यालयमा कार्यरत कर्मचारीहरुकाे ज्ञापनपत्र
241405441_1284811928623918_2482765545910765558_n
पाल्पा - निस्दी गाउँपालिका पाल्पाको सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी तथा सहयोगी कार्यकर्ताहरुले पालिकामा विभिन्न माग सहितको ज्ञापनपत्र बुझाएको छ । विद्यालय कर्मचारी तथा सहयोगी कार्यकर्ता समितिका अध्यक्ष ओम कुमारी रानाले गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्याल खनाललाई आफुहरुको विभिन्न माग सहितको ज्ञापन पत्र बुझाएको हो। ज्ञापनपत्रमा संघीय सरकारको कार्यक्रम अनुसारको मासिक तलबभत्ता पाउनुपर्ने अन्य शिक्षक सरहको महंगी भत्ता पाउनुपर्ने उल्लेख रहेको छ। ज्ञापनपत्र बुझ्नुहुँदै पालिका उपाध्यक्ष खनालले सम्पुर्ण विद्यालय कर्मचारी तथा सहयोगीहरुको मागलाई गम्भीर रूपमा लिएको बताउनुहुँदै आवश्यक सम्बोधन गरिने प्रतिबद्धता जनाउनुभएको छ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update