Erani Mahal
पाल्पा कोरोना अपडेट : चार जनामा मात्रै कोरोना संक्रमणको पुष्टि
Corona_
सुमन गाहा, पाल्पा – पाल्पामा पछिल्लो २४ घण्टामा चार जनामा मात्रै कोरोना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले सोमबारं सार्वजनिक गरेको कोरोना अपडेट तथ्यांकमा जिल्लाका विभिन्न स्थानका चार जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिकाका दुई जना, रैनादेवी छहरा गाउँपालिकाका एक जना र तिनाउ गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ४६ जनाको कोरोना परीक्षण गरिएकोमा दुई जना महिला र दुई जना गरी चार जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले सोमबार १० जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ११७ पुगेको छ । सक्रिय संक्रमितमध्ये १०० जना होम आइसोलेसनमा र १७ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् । पाल्पामा हालसम्म २१८ जना संक्रमितको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update