Erani Mahal
काेराेना दाेस्राे लहरपछि पाल्पामा शुन्य काेराेना संक्रमित !
Coronavirus positive
पाल्पा- पाल्पामा पछिल्ला २४ घण्टामा ० जनामा काेराेना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले आइतवार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ७ जना संक्रमित निको भएका छन्, । पछिल्लो २४ घण्टामा जिल्लामा कुनै पिन काेराेनाका संक्रमित नथपिएका हुन् । याे पाल्पामा काेराेनाकाे दाेस्राे लहरपछि पहिलाे पटक शुन्य आएकाे हाे । एन्टिजेन र पीसीआर परीक्षण ७७ जनाकाे परिक्षण गरिएकोमा सबैमा नभेटिभ संक्रमण पुष्टि भएको हो । अहिलेसम्म २ सय १८ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितकोसंख्या ३९ पुगेको छ । जसमा २३ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update