Erani Mahal
यामाहाकाे 'फाइनान्स मीट' कार्यक्रम तानसेनमा सम्पन्न
yyyyy
पाल्पा - ज्ञानेन्द्र अटो वर्क्स, तानसेन र एमएडब्लूको आयोजनामा फाइनान्स मीट कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । यामाहा कम्पनीबाट उत्पादित मोटरसाइकल बिक्रीमा भूमिका खेलेका जिल्लास्थित सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधि र यामाहा कम्पनीका प्रतिनिधिका बीचमा फाइनान्स मीट कार्यक्रम भएको हो । कार्यक्रममा पाल्पास्थित यामाहा कम्पनीे मोटरसाइकलको आधिकारिक बिक्रेता ज्ञानेन्द्र अटो वक्र्स, तानसेनका सेल्स म्यानेजर विवेककाजी शाक्यले यामाहाले हालसम्म उत्पादन गरेका मोटरसाइल, स्कुटर लगायतका सवारीसाधनको बारेमा जानकारी दिनुभयो । उहाँले यामाहा कम्पनीको मोटरसाइकल चढ्ने ग्राहकको रोजाई अनुसार कम्पनीले विभिन्न डिजाइन र रुचिका आधारमा भिन्न्न सीसीका मोटरसाइकल र स्कुटी उत्पादन गरेको जानकारी दिनुभयो । उहाँले पाल्पा जिल्लामा २५/३० वर्षदेखि आफ्नो काका ज्ञानेन्द्रकाजी शाक्यले जिल्लामा यामाहा कम्पनीका मोटरसाइकल बिक्रीको काम सुरुआत गरेको र उहाँबाटै पाल्पामा पहिराेपटक यामाहा कम्पनीका माेटरसाइकल काराेबार गरेकाे बताउनुभयाे । कार्यक्रममा यामाहा नेपालका रिजनल सेल्स म्यानेजर सन्दिप उपाध्यायले यामाहा कम्पनीले वैँक तथा वित्तीय संस्थासँग मिलेर ग्राहकलाई सहुलियत व्याजदरमा बाइक स्कुटी फाइनान्स गर्न लागेको जानकारी दिनुभयो । उहाँले उपभोक्तालाई कसरी सहज रुपमा मोटरसाइकल बिक्री गर्न सकिन्छ भन्ने बारेमा यामाहा नेपालको योजना सुनाउनुभएको थियो । यस्तै यामाहा नेपालका लुम्विनी क्षेत्रका सेल्स म्यानेजर प्रेम सुवेदीले यामाहाले सहकारी संस्थासँग मिलेर बाइक तथा स्कुटी सहज रुपमा बिक्री गर्न योजना बनाउने र दशैतिहारका लागि विशेष प्याकेज ल्याउने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखा अध्यक्ष रेखीराम रानाले मोटरसाइकल आम मानिसका अत्यावश्यक सवारीसाधन भएकाले उपभोक्ताले सहज रुपमा खरिद गर्न पाउने गरी व्यवस्थापन गर्न सुझाव दिनुभयो । उहाँले जिल्लाभित्रका संचार क्षेत्रसँग यामाहाले सबैभन्दा उत्कृष्ठ सहकार्य गर्दै आएको र वार्षिक पाँच लाखभन्दा बढी विज्ञापन पाल्पामा दिएकोमा धन्यवाद दिदैँ थप सामाजिक दायित्व अन्तरगत संचार क्षेत्रमा विज्ञापनकाे फ्लाे बनाउन भन्नुभयाे। फाइनान्स मीट कार्यक्रममा जिल्लास्थित एक दर्जन बढी सहकारी संस्थाका प्रमुख, व्यवस्थापक एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  २१:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update