Erani Mahal
पाल्पामा बन्याे १२५ सदस्यीय नेकपा (एकीकृत समाजवादी), अध्यक्षमा पाण्डेय
nekapa s (2)
पाल्पा – पाल्पामा नेकपा (एकीकृत समाजवादी)ले एक सय २५ सदस्यीय जिल्ला कमिटि बनाएको छ । शनिबार तानसेनमा भएको भेलाले कमल पाण्डेयको नेतृत्वमा एक सय २५ सदस्यीय नेकपा एकीकृत समाजवादी पार्टी पाल्पा घोषणा गरेको हो । पाण्डेय यसअघि नेकपा एमालेमा उपसचिव रहनुभएको थियो । यस्तै कमिटिको उपाध्यक्षमा लुम्विनी प्रदेश सभाका सदस्य रमा घर्ती, सचिवमा मोहनलाल गैरे र उपसचिवमा कमल सेनलाई चयन गरिएकाे छ । घर्ती, गैरे र सेन यसअघि एमालेका जिल्ला कमिटि सदस्य रहनुभएको थियो । पाल्पामा एमाले फुटको खासै प्रभाव नपरेपनि यसअघि एमालेमा क्रियाशिल सदस्यहरू जिल्ला कमिटिमा परेका छन् । पाल्पाबाट जनप्रतिनिधिमा रम्भा कार्यपालिकाका सदस्य इश्वरी श्रेष्ठ मात्र समाजवादीमा लाग्नुभएको छ । समाजवादीले एक सय २५ सदस्यीय जिल्ला कमिटिमा ७५ सदस्यको नाम सार्वजनिक गरेको छ । बाँकी ५० जनाको नाम टुङ्ग्याउन बाँकी रहेको समाजवादीका जिल्ला अध्यक्ष कमल पाण्डेयले बताउनुभयो । शनिबार भएको भेलामा पाल्पा क्षेत्र नं. २ बाट निर्वाचित सङ्घीय सांसद सोमप्रसाद पाण्डेय, समाजवादीका केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update