Erani Mahal
पाँच महिनादेखि बन्द रहेको पाल्पाको भैरव मन्दिर खुला
dd
पाल्पा– कोरोना कहरका कारण गत बैशाखदेखि बन्द रहेको पाल्पाको ऐतिहासिक भैरव भन्दिरमा शनिवारबाट सर्वसाधारणका लागि खुला गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय अनुसार सर्वसाधारणलाई मन्दिरमा पूजा आज खुला गरिएको समितिका सचिव नवराज ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार यस अघि नित्यपूजा बाहेकका सबै पूजा तथा दर्शनलाई पूर्ण रुपमा निषेध गरिएको थियो । मन्दिरमा पूजा बन्दहुँदा यस क्षेत्रका एकदर्जन बढी रोट व्यवसायी, पूजा सामग्री तथा होटल व्यवसायीहरु मारमा परेका थिए । यहाँ पाल्पा लगायत देशका विभिन्न स्थान तथा भारतबाट समेत भक्तजनहरु आउने गर्दछन् । मन्दिर गत बैशाख १७ गतेदेखि बन्द रहेकाे स्थानीय मिनबहादुर बुढाथाेकीले बताउनुभयाे । उहाँका अनुसार आजदेखि स्वास्थ्यका सबै मापदण्ड अपनाएर मन्दिरमा दर्शन र पूजाआजा गर्न पाइनेछ । तस्विर मिन बुढाथाेकीकाे सहयाेगमा फेशबुकबाट ।
प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update