Erani Mahal
निस्दीले भदौ २८ गते सबै वडामा सार्वजनिक सुनुवाइ गर्ने
nisdii
पाल्पा- निस्दी गाउँपालिका पाल्पाले आगामी २८ गते सोमबार सबै वडामा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ । शिक्षा स्वास्थ्य रोजगार र पर्यटन सहितको पूर्वाधार,प्रकृति र मगर संस्कृति निस्दीको आधार भन्ने मूल नारा बनाएको निस्दीले एकै साथ सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको हो । यस अघि सबैभन्दा पहिला गाउँपालिकामा कार्यक्रम गरि पनि यस वर्ष वडामा पहिला गरिने गाउँपालिकाले जनाएको छ । जम्मा ७ वटा वडा रहेको गाउँपालिका मध्ये वडा नम्बर-७,अर्चलेले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा समेत गरिने गाउँपालिका प्रवक्ता तथा वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनु भएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update