Erani Mahal
नेपाली काङ्ग्रेस रामपुर पाँचकाे आयाेजनामा शोकसभा
241345095_559358898451109_9187873605793701677_n
पाल्पा- नेपाली काङ्ग्रेस रामपुर ५ वडा कार्य समितिले आज छुट्टाछुट्टै २ स्थानमा शोकसभा गरेको छ । नेपाली काङ्ग्रेसका सक्रिय सदस्य तथा पार्टीका लगनशील व्यक्ती रामपुर ५ बेझाड बस्ने नर बहादुर राना र श्रीप्रसाद मल्लको निधनको दुखद अबसरमा पार्टीले शोकसभा गरेको हो । १९८७ बैशाख २४ गते स्याङ्जामा जन्मनुभएका नर बहादुर रानाको निधनको ९ औ दिनको पुण्यतिथिमा शोक सभा भएको हो । उहाँको गत भदौ १७ गते ९१ बर्षको उमेरमा निधन भएको थियो । परिवारको तर्फबाट रानाका भाई सोम बहादुर रानाले दाजुको पार्टी प्रतिको योगदान र परिवारको लगाबबारे बोल्दै धन्यवाद दिनुभएको थियो । कार्यक्रमको सन्चालन नरेन्द्र जर्घा मगरले गर्नुभएको हो । त्यस्तै रामपुर ५ दद्रान बस्ने श्रीप्रसाद मल्लको निधनको ७ औ पुण्यतिथिमा वडा समितिले शोक सभा गरेको हो । २०२७साल बैषाख ४ गते जन्मनु भएका मल्लको गत भदौ १९ गते ५१ बर्षको उमेरमा निधन भएको हो । नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि लक्षमण भट्टराले स्याङ्जामा रहदा मल्लले पार्टी प्रती गरेको योगदान बारे जानकारी दिदै पार्टीको सेखाम सचिब समेत भएर हरेक मोडमा मल्ल र उहाँको परिवारको योगदान उच्च रहेको बताउनुभयो । मल्लका वाणी बिचार र प्रजातन्त्र प्रतिको आदर्शलाई समेत अङिगार गर्नुपर्नेमा उहाले जोड दिनुभयो । मल्लका छोरा सुनिल मल्लले शोकको समय बुवाको योगदानको कदर गर्ने पार्टी र शुभेच्छुकमा धन्यबाद दिनुभयो । कार्यक्रमको संचालन गोबिन भट्टराईले गर्नुभएको हो । शोकसभामा नेपाली काङ्ग्रेस जिल्ला उपसभापति देबराज ढकालले काङ्ग्रेस जोगाउन उल्लेख भुमिका खेल्ने राना र मल्लको चिर शान्तिको कामना गर्दै उहाहरुको योगदानले आज काङ्ग्रेस ओजिलो भएको बताउनुभयो । रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले काङ्ग्रेस र सङठन प्रतिको भुमिकामा उहाँ र उहाका परिवारले खेलेको भुमिका अत्यन्त सह्रानिय रहेको बताउनुभयो । शोकसभा दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको हो ।
प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update