Erani Mahal
पाल्पामा ६७ जनाकाे काेराेना परीक्षण गर्दा ४ जनामा पुष्टि
corona_palpa
पाल्पा- पाल्पामा पछिल्ला २४ घण्टामा ४ जनामा काेराेना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा २ जना संक्रमित निको भएका छन्, भने ४ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन र पीसीआर परीक्षण ६७ जनाकाे परिक्षण गरिएकोमा २ जना महिला र २ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार रामपुर नगरपालिकाका २,तानसेन नगरपालिकाका १,रम्भा गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । अहिलेसम्म २ सय १८ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितकोसंख्या ४८ पुगेको छ । जसमा ३६ जना होम आइसोलेसनमा रहेका छन् भने १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update