Erani Mahal
पाल्पाको रम्भामा भदौ २७ गतेदेखि विद्यालय संचालन हुने !
school
पाल्पा– पाल्पाको रम्भा गाउँपालिकामा भदौ २७ गतेदेखि विद्यालय संचालन हुने भएको छ । गाउँपालिको शिक्षा समितिको बैठकले स्वास्थ्य मापदण्ड पालना गर्दै २७ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष विष्णु भण्डारीका अनुसार कोरोना संक्रमण शुन्यमा झरेको तथा दुईवर्ष यता विद्यालय संचालन नहुँदा बालबालिकामा मनोवैज्ञानिक असर समेत परेकोले जिल्ला कोभिड व्यवस्थापन समितिको निर्णय र स्मार्ट लकडाउनको कार्ययोजना अनुसार विद्यालय संचालन गर्ने निर्णय भएको बताउनुभयो । पाल्पाका अन्य पालिकाहरु भने विद्यालय संचालनमा उदासिन देखिएका छन्, शिक्षक संगठन र शिक्षक नेताहरु खोप लगाउने आन्दोलन गरेको भएता पनि विद्यालय संचालनमा भने मौन रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update