Erani Mahal
कोरोना कहरका कारण तीजमा उत्साह कम !
teej-ko-foto
पाल्पा– नेपाली नारीहरुको महान पर्व हरितालिका तीज पर्व आज देश तथा विदेशमा विभिन्न कार्यक्रम, नाचगान, ब्रत सहित मनाइएको छ । महिलाहरुको महान पर्वको रुपमा रहेको तीजमा केही समययता पुरुषहरुको समेत सहभागिता रहेको छ । पछिल्लो समयमा मौलिकता भन्दा पनि तडकभडक र देखावटीका रुपमा तीजको संस्कृति विकसित हुँदै गएको छ । चेली, माइती र घरको दुःख सुखका अनुभूति साटिने तीजमा उछ्श्रृखल शब्द र छाडा गीतहरु हावी हुँदै गएका छन् । पाल्पा सहित देशभरका शक्तिपीठ, देवालयहरुमा महिलाहरुको दर्शनको लाििग घुईचो लागेको छ । यस्तै कोरोना कहरका कारण घरपरिवार भित्रै समेत रमाइलो गरेर तीज मनाइएको छ । दुईवर्षयता कोरोना कहरका कारण तीजमा खुलेर नागगान गर्न र भीडभाड गर्न रोक लगाइएको छ त्यसका कारण पनि महिलाहरुको तीज पर्वमा उत्साह कम हुँदै गएको छ । यस्तै पछिल्लो समयमा विभिन्न सामाजिक संजाल र गीतका कारण मौलिक संस्कृति गीत गाउने र बजाएर नाच्ने प्रचलन समेत कम हुँदै गएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update