Erani Mahal
पाल्पामा २४ घण्टामा १८  जनामा काेराेना संक्रमणको पुष्टि
corona-virus-covid-19
सुमन गाहा, पाल्पा- पछिल्ला २४ घण्टामा १८ जनामा काेराेना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १८ जना संक्रमित निको भएका छन्, भने १८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा १८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन र पीसीआर परीक्षण ३०५ जनाकाे परिक्षण गरिएकोमा ११ जना महिला र ७ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार रामपुर नगरपालिकाका २,तानसेन नगरपालिकाका ४,तिनाउँ गाउँपालिकाका १, रैनादेवी गाउँपालिकाका ३ ,रिब्दीकाेट गाउँपालिकाका ८ जनामा संक्रमण देखिएको हो । अहिलेसम्म २ सय १८ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितकोसंख्या ४२ पुगेको छ । जसमा २४ जना होम आइसोलेसनमा रहेका छन् भने १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।।
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update