Erani Mahal
पाल्पाको निषेधाज्ञा खुला : विद्यालय संचालनको जिम्मा स्थानीय तहलाई
CCMC_palpa
पाल्पा– गत बैशाखदेखि जारी पाल्पाको निषेधाज्ञालाई खुकुलो बनाइएको छ । यसअघि विहान ७ देखि ५ बजेसम्म संचालन भएको उद्योग, पेशा व्यवसायलाई सीमा हटाइएको छ । यस्तै विद्यालय संचालनको लागि स्थानीय तहले अवस्था हेरेर सिफारिस गर्ने निर्णय भएको छ । पाल्पामा मठ मन्दिर, सभा सम्मेलन लगायतका भीडभाड जन्य गतिविधि बाहेक अन्य सबै क्षेत्र सुचारु गर्ने निर्णय भएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैंठकले उक्त निर्णय गरेको हो । विद्यालय संचालन लगायतका विषयका कोभिड अध्यादेश तथा स्मार्ट लकडाउनको कार्ययोजना अनुसार संचालन गरिने प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार अब सबैप्रकारका सेवाहरु तोकिएका मापदण्ड पालना गर्ने गरी खुलाउने निर्णय भएको छ । यस अघि अत्यावश्यक बाहेक पेशा व्यवसायहरु दिउँसो ५ बजेसम्म मात्र संचालन हुँदै आएकोमा अर्को व्यवस्था नहुँदा सम्मको लागि सबैक्षेत्रमा खुकुलो बनाउने निर्णय भएको हो ।
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update