Erani Mahal
पाल्पालीका प्रिय सर विष्णु पाेखरेलकाे निधन !
bishnu sir
पाल्पा- जिल्लाका शिक्षकहरूका धराेहर साथै शिक्षकहरूकाे छाता संगठन नेपाल शिक्षक महासंघ पाल्पाका पुर्व अध्यक्ष तथा प.प नमुना माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक विष्णु प्रसाद पाेखरेलकाे बुधबार बिहान निधन भएको छ । सहायक प्रधानाध्यापक पोखरेलको हृदयाघातका कारण मृत्यु भएको हो । पाल्पाका शिक्षकहरूकाे मुद्दाहरूलाई उच्चस्तरमा राखि शिक्षकहरूलाई न्याय साथै सम्मानमा उहाँ सदैब लागि पर्नु भएकाे थियाे । हाल उहाँ नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष हुनुहुन्थ्यो । अचानक भएको उहाँको निधनको खबरले सिंगो शिक्षक संगठन स्तब्ध भएकाे छ । उहाँकाे निधनप्रति विभिन्न व्यक्ति तथा संघ संस्थाले सामाजिक संजाल तथा पत्रपत्रिका र अनलाइन मार्फत श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update