Erani Mahal
पाल्पामा मंगलबार थपिए २८ जना संक्रमित, १९ जना निकाे
corona-gg
सुमन गाहा, पाल्पा - जिल्लामा पछिल्लाे २४ घण्टामा २८ जनामा काेराेना संक्रमणको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा १९ जना संक्रमित निको भएका छन् । २८ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २०६ जनाकाे एनटिजेन परिक्षण गरिएकोमा १४ जना महिला र १० जना पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार रामपुर नगरपालिकाका २, तानसेन नगरपालिकाका १४, तिनाउँ गाउँपालिकाका २, बगनासकाली गाउँपालिकाका २, रम्भा गाउँपालिकाका १, पूर्वखाेला गाउँपालिकाका १ जनामा संक्रमण देखिएको हो । त्यस्तै पीसीआर परीक्षण ३० जनाकाे परिक्षण गरिएकोमा ३ जना महिला र १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिकाका ४ जनामा संक्रमण देखिएको हो। अहिलेसम्म २ सय १८ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितकोसंख्या ४२ पुगेको छ । जसमा २२ जना होम आइसोलेसनमा रहेका छन् भने २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update