Erani Mahal
निस्दीको अर्चलेमा उद्देमशील युवा समूह गठन
241415167_282160846690168_7760357021669495711_n
पाल्पा-निस्दी गाउँपालिका अर्चले,पाल्पामा उद्देमशील युवा समूह गठन भएको छ । गाउँपालिका पाल्पाका प्रवक्ता तथा वडा नम्बर-६,अर्चले,पाल्पाका वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा र हेफर प्रोजेक्ट नेपालको कार्यकारी निर्देशक शोभाखर न्यौपानेको प्रमुख अतिथिमा बसेको भेलाले समिति गठन गरेको हो । कार्यक्रम अर्चलेका ३४ जना युवाहरुको सहभागिता रहेको थियो । वैदेशिक रोजगारीलाई भन्दा व्यावसायिक स्वरोजगारलाई प्राथमिकता दिन समितिको जिम्मेवारी रहने रहेको छ । भेलाले कृष्ण बहादुर सुनारीको अध्यक्षतामा २० सदस्यीय अर्चले उद्देमशील युवा समूह गठन गरिएको छ । जसको उपाध्यक्ष धन बहादुर राना,सचिव टोप बहादुर सिंजाली र कोषाध्यक्ष सूर्यबहादुर सोमै रहनुभएको हो । त्यसैगरी खेम बहादुर सुनारी,मीन बहादुर मश्राङ्गी,पवित्रा नेपाली लगायतका अन्य सदस्यहरु रहेका छन् । निस्दी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र जनबिकास परिचालन केन्द्र सहलकोटको समन्वयमा भेला सम्पन्न भएको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update