Erani Mahal
निस्दीमा पाठ्यक्रम प्रवोधिकरण तालिम सम्पन्न
241443044_365554111979790_4703147105756335749_n
पाल्पा- निस्दी गाउँपालिका पाल्पामा शिक्षकहरुका लागि पाठ्यक्रम प्रवोधिकरण तालिम सम्पन्न भएको छ । निस्दी गाउँपालिका शिक्षा शाखाको आयोजनामा सन्चालन भएको तालिममा विभिन्न विद्यालयका ३७ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा आधारभूत तह कक्षा १ देखि ५ सम्मको परिमार्जित पाठ्यक्रमबारे जानकारी गराइएको थियो । शिक्षण सिकाइ क्रियाकलापलाई सिकाइ उपलब्धिमूलक बनाउने उद्देश्यले तालिम आयोजना गरिएको शिक्षा संयोजक नर बहादुर थापाले बताउनुभयो । तालिमक सहजीकरण संयोजक थापा र गौरीशंकार माध्यमिक विद्यालयका प्रधानाध्यापक केश बहादुर सुनारीले गर्नुभएको हो । भदौ २० गते देखि सन्चालन भएको तालिम गौरीशंकर माध्यमिक विद्यालयको सभा हलमा भएकको हो ।
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update