Erani Mahal
विपन्न परिवारलाई कृषि सामग्री र सिलाइ मेसिन वितरण
ssdd
पाल्पा - जिल्लाको माथागढी गाउँपालिका ४ झडेवामा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत कृषि सामग्री र सिलाई कटाई मेशिन वितरण गरिएकाे छ । माथागढी गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष सन्तोष थापाले जीवनस्तर उकास्न तथा आर्थिकस्तर वृद्धि गर्नका लागि यस्ता कार्यक्रमले सहयाेग पुग्ने बताउनुभयाे । विपन्न नागरिकलाइ आर्थिक रुपमा सवल तथा सक्षम बनाउन यस्ता सामग्री प्रदान गरिएकाे उहाँले बताउनुभयाे । प्रदान गरिएकाे मेसिनकाे सदुपयाेग गरेर आत्मनिर्भर उहाँले सबैलाइ आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै कार्यक्रमका समितिका सदस्य विमल काफ्लेले सामग्री व्यवहारमा प्रयोग हुन सकेन भने कार्यक्रमको कुनै औचित्य नहुने भन्दै यसमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा बोल्दै माथागढी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद न्याैपानेले, सहजकर्ता नारायण कुमाल, बाल कुमारी दर्लामी लगायतकाे उपस्थिति रहेको थियो । कार्यक्रम विभिन्न वडाका छनाेट भएका नागरिकहरुलाई कृषि सामाग्री र सिलाई कटाई मेशिन लगायतका सामाग्री बितरण गरिएको थियाे कार्यक्रम सन्तोष थापाको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन कृषि अधिकृत किरण पराजुलीले गर्नुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update