Erani Mahal
कांग्रेस पाल्पाकाे वडा अधिवेशन आज
congreeeee
पाल्पा – नेपाली कांग्रेसको आशन्न महाधिवेशनको सरगर्मी सुरु भएको छ । कांग्रेसको १४ औँ महाधिवेशनका लागि आज सोमबार पाल्पा जिल्लाको ८१ वटै वडामा अधिवेशन हुँदैछ । जिल्लाभरका ८१ वटा वडामा कांग्रेसका सदस्यहरुले नयाँ नेतृत्व चयन गर्नेछन् । कांग्रेसको नयाँ विधान अनुसार वडाको सभापतिमा १, उपसभापतिमा २, सविचमा २, सहसचिवमा २, कोषाध्यक्षमा १ जना सहित २१ जना निर्वाचित हुने व्यवस्था छ । कांग्रेसकाे वडा समिति २५ सदस्यीय हुने नेपाली कांग्रेस पाल्पाका सचिव झपेन्द्र गहिरेले जानकारी दिनुभयो । अधिवेशन बिहान ११ बजेदेखि सुरू हुँदैछ । वडा समिति र गाउँ समिति चयन गर्नका लागि सोमबार हुने अधिवेशन महत्वपूर्ण हुने उहाँले बताउनुभयो । उहाँका अनुसार पाल्पा जिल्लामा कांग्रेसको ९ हजार १५८ जना क्रियाशिल सदस्य छन् । वडा अधिवेशनमा सबै क्रियाशिल सदस्यले भाग लिने उहाँले बताउनुभयो । सदस्यता विवाद नरहेकाले अधिवेशन शान्तिपूर्ण रुपमा सम्पन्न हुने कांग्रेस पाल्पाको भनाई छ । कतिपय वडामा निर्बिराेध नेतृत्व चयन भइसकेकाे छ ।
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  ०९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update